Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको कदमविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

राष्ट्रपतिको कदमविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

  • शनिवार, आश्विन ८ २०७९

  • 1.0K
    SHARES

  • राष्ट्रपतिको कदमविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर नागरिकताको अधिकार खोसिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । 
     
    पार्टीले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले नागरिकताको अधिकार खोसेको भन्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको जानकारी दिएको छ ।
     
    साथै उसले सरकारविरुद्ध पनि आन्दोलनको घोषणा गरेको छ । सरकारले किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै वडास्तरदेखि नै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
     
    जस अनुसार असोज १० गते घटस्थापनाका दिन हरेक वडामा शुभकामना दिँदै नागरिकता अधिकार खोसिएको बारे माइकिङ गरिने जनमत पार्टीले जानकारी दिएको छ ।
     
    असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो किसान आन्दोलन र नागरिकता विधेयकबारे अन्तरक्रिया कार्यक्रम गरेर टोलमा र्‍याली गर्दै स्थानीय चोक–चोकमा विरोध प्रदर्शन र कोणसभाको आयोजना गरिनेछ ।
     
    साथै दसैंको टिकाको दिन अर्थात् असोज १९ गते किसान आन्दोलनका मागहरू पूरा नगर्ने सरकार र नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रम जनमत पार्टीले राखेको छ ।  
     


    शनिवार, आश्विन ८ २०७९०१:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij