Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन, फेरि एकठाउँ उभिएर समाजवादको नयाँ मोडेल दिन्छौं : प्रचण्ड

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन, फेरि एकठाउँ उभिएर समाजवादको नयाँ मोडेल दिन्छौं : प्रचण्ड

  • शनिवार, आश्विन ८ २०७९

  • 715
    SHARES

  • बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन, फेरि एकठाउँ उभिएर समाजवादको नयाँ मोडेल दिन्छौं  : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताउनुभएको छ ।
     
    नेपाल समाजवादी पार्टीद्वारा चाडपर्वको अवसर पारेर काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरूको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताउनुभएको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
     
    संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुवै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताउनुभयो । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उहाँले बताउनुभयो ।
     
    प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरू र युगान्तकारी भूमिका खेल्ने नेताहरू भन्दै प्रचण्डले उनीहरू अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरू हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डले बताउनुभयो । आफूहरूले संयुक्त रुपमा समाजवादको नयाँ मोडेल ल्याउन संघर्ष गर्ने र त्यसमा साथ दिन सबैलाई उहाँले आह्वान समेत गर्नुभएको थियो । 
     


    शनिवार, आश्विन ८ २०७९०३:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij