Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

धनकुटाका माओवादी नेताहरूद्वारा सामूहिक राजीनामा

धनकुटाका माओवादी नेताहरूद्वारा सामूहिक राजीनामा

  • आइतवार, आश्विन ९ २०७९

  • 1.1K
    SHARES

  • धनकुटाका माओवादी नेताहरूद्वारा सामूहिक राजीनामा
    काठमाडौं । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। आइतबार(आज) एक विज्ञप्ति जारी गर्दै धनकुटाका माओवादी नेताहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। 
     
    राजीनामा दिनेमा धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतासहित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी रहेका छन्। शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो। 
     
    सामूहिक राजीनामासँगै स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हेमराज भण्डारीलाई सहयोग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राईद्वारा हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा भनिएको छ। 
     
    आज पत्रकार सम्मेलनको आयोजना गरेर सामूहिक राजीनामाबारे उनीहरूले जानकारी दिएका छन्। कांग्रेसलाई प्रतिनिधि सभाको सिट दिने गठबन्धनमा सहमति भएको सूचना पाएपछि जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।
     
    maobadi samuhik rajinama.jpg


    आइतवार, आश्विन ९ २०७९०३:४८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij