Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ राष्ट्रपति कार्यालयलाई सर्वोच्चले दिएको आदेश (आदेशसहित)

यस्तो छ राष्ट्रपति कार्यालयलाई सर्वोच्चले दिएको आदेश (आदेशसहित)

  • आइतवार, आश्विन ९ २०७९

  • 768
    SHARES

  • यस्तो छ राष्ट्रपति कार्यालयलाई सर्वोच्चले दिएको आदेश (आदेशसहित)
    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणमा सम्बन्धमा परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । आइतबार(आज) न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको हो । 
     
    अधिवक्ता सुनिल रञ्जन सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको भन्दै परमादेश मार्फत प्रमाणीकरण गर्नका लागि सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलको एकल इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
     
    अदालतले बाटाको म्यादबाहेक १५ दिनको समय दिएर महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिइएको छ ।  सर्वोच्चले यो विषय सार्वजनिक महत्त्वको विषय रहेको भन्दै चाँडो निर्णयमा पुग्नुपर्ने भएकाले अग्राधिकार प्रदान गर्ने निर्णय समेत गरेको छ ।

    आदेश पढ्नोस्–

     
    court nagarikta bidhyak.jpg
     


    आइतवार, आश्विन ९ २०७९०५:४३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij