Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु : सन्दीप लामिछाने

मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु : सन्दीप लामिछाने

  • सोमवार, आश्विन १० २०७९

  • 507
    SHARES

  • मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु : सन्दीप लामिछाने

    काठमाडैं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् ।

    आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र यो कुरा थाहा पाएको उनको दाबी छ ।

    आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको भन्दै उनले आफू आइसोलेशनमा बसेको पनि बताएका छन् । कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनको भनाइ छ । तर आफू कहाँ छु भन्ने कुरा उनले खुलाएका छैनन् ।

    नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका सन्दीप त्यसपछि सम्पर्कमा छैनन् । भदौ २१ गते १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएपछि २३ गते नेपाल क्रिकेट सङ्घ क्यानले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको छ।


    सोमवार, आश्विन १० २०७९०७:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij