Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • मंगलवार, आश्विन ११ २०७९

  • 569
    SHARES

  • बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

    काठमाडौं । निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको हो ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२ असोज बुधबार (भोलि)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताउनुभयो।

    प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदै छ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ ।

    यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।


    मंगलवार, आश्विन ११ २०७९०४:५०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij