काठमाडौं । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाश शरण महतलाई मनोनीत गरेको छ ।
मंगलबार(आज) प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रवक्ता महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गर्नुभएको हो।
महतलाई देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उक्त जिम्मेवारी दिएको कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
देउवाले महतलाई पार्टी विधानअनुसार उक्त जिम्मेवारी दिएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।