Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वोच्च अदालत बडा दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत बडा दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

  • बुधवार, आश्विन १२ २०७९

  • 622
    SHARES

  • सर्वोच्च अदालत बडा दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

    काठमाडौं।सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।

    दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ।

     


    बुधवार, आश्विन १२ २०७९०२:२९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij