Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

विशिष्टलाई १ र सर्वसाधारणलाई २ घण्टाको समय निर्धारण
  • बिहिवार, आश्विन १३ २०७९

  • 896
    SHARES

  • राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिनुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति भण्डारीबाट विजया दशमीको टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण गरेको छ । 
     
    असोज १९ गते (विजया दशमीको दिन) विशिष्ट व्यक्तिले टिका लगाउने समय १ घण्टा छुट्याइएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।
     
    इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसद्का सांसद र संवैधानिक निकायका पदाधिकारीहरूलाई १९ गते दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ । 
     
    यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि साँझ ५ बजे सम्मको समय निर्धारण गरिएको छ ।  
     
     
    President_Tika_Schedule1664449858.jpg


    बिहिवार, आश्विन १३ २०७९०५:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij