Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने 

दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने 

  • शुक्रवार, आश्विन १४ २०७९

  • 506
    SHARES

  • दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने 
    काठमाडौं । डेंगीको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । तर, कोभिड–१९ को परीक्षण भने दसैँ बिदाको दिन गरिने भएको छ । 
     
    जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताउनुभयो । ‘डेंगीको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ,’ उहाँले भन्नुभयो। प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ ।
     
    प्रयोगशालाका कर्मचारीहरूले डेंगी प्रकोप बढिरहेका परीक्षण जारी राख्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार डेंगी परीक्षण गर्न एक जना कर्मचारी खटाए पुग्छ ।
     
    डेंगीका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ । सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ ।
     
    सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयु, ३८ जना भर्ना र इमरजेन्सीमा ५० जना उपचारार्थ छन् । दैनिक ओपीडीमा डेढ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
     


    शुक्रवार, आश्विन १४ २०७९०७:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij