Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टुँडिखेलमा हुने फूलपाती बढाइँमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने

टुँडिखेलमा हुने फूलपाती बढाइँमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने

  • शनिवार, आश्विन १५ २०७९

  • 498
    SHARES

  • टुँडिखेलमा हुने फूलपाती बढाइँमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा भोलि दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँँ नेपाली सेनाको परमाधिपति समेत हुनुहुन्छ

    बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।

    कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिक रूपमा मात्र आयोजना गरिएको थियो । बडादसैँको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रुपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो ।

    गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा रहेका हुनुहुन्छ ।

    फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नरनारीको पनि बाक्लो उपस्थिति हुने गर्छ ।


    शनिवार, आश्विन १५ २०७९०३:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij