Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसभित्रको विवाद अन्त्य, शेखर पक्षका नेताको नाम समेटेर निर्वाचन आयोगमा सूची पेस

कांग्रेसभित्रको विवाद अन्त्य, शेखर पक्षका नेताको नाम समेटेर निर्वाचन आयोगमा सूची पेस

  • आइतवार, आश्विन १६ २०७९

  • 1.4K
    SHARES

  • कांग्रेसभित्रको विवाद अन्त्य, शेखर पक्षका नेताको नाम समेटेर निर्वाचन आयोगमा सूची पेस
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिनुभएको छ । 
     
    निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।
     
    पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको उहाँको भनाइ छ । यो सँगै कांग्रेसभित्र देखिएको पछिल्लो विवाद पनि समाधान भएको छ ।
     
    कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाँण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनीश रुंगाटालगायतको नाम थियो ।
     
    महिलातर्फ राणा पहिलो नम्बरमा हुनुहुन्थ्यो । समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो ।
     


    आइतवार, आश्विन १६ २०७९०३:००:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij