Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन सभामुखको आग्रह

डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन सभामुखको आग्रह

  • आइतवार, आश्विन १६ २०७९

  • 495
    SHARES

  • डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन सभामुखको आग्रह

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताउनु भएको छ।

    दसैं, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो।

    उहाँले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो।

    डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गर्नुभएको छ।

    आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई गहिरो गरी आत्मसात् गर्न सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।


    आइतवार, आश्विन १६ २०७९०७:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij