Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

  • सोमवार, आश्विन १७ २०७९

  • 568
    SHARES

  • राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआजा गर्नुभएको छ । 
     
    राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गर्नुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर  पुग्नुभएको थियो ।  राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गर्नुभएको थियो ।
     
    जिल्लाको साबिक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।
     


    सोमवार, आश्विन १७ २०७९०३:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij