Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले लिए नाम फिर्ता, कांग्रेसका सबैभन्दा बढी

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले लिए नाम फिर्ता, कांग्रेसका सबैभन्दा बढी

  • सोमवार, आश्विन १७ २०७९

  • 1.1K
    SHARES

  • समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले लिए नाम फिर्ता, कांग्रेसका सबैभन्दा बढी
    काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश गरिएका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरूले आज निर्वाचन आयोगमा निवेदन दिएर नाम फिर्ता लिएका हुन् ।
     
    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूका तर्फबाट उम्मेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । सूचीबाट २९ जनाले नाम फिर्ता लिएका निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार त्यसरी नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी कांग्रेसका नौ जनाले नाम फिर्ता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभातर्फका चार जनाले नाम फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।
     
    यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पाँच, नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाले बन्दसूचीबाट आफ्नो फिर्ता लिएका छन् । जसपाका प्रतिनिधिसभातर्फका तीन जनाले नाम फिर्ता लिएका हुन् । माओवादी केन्द्रका प्रतिनिधिसभातर्फका एक जनाले नाम फिर्ता लिएको उहाँले बताउनुभयो ।
     
    उहाँका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभातर्फ एकसहित तीन जनाले नाम फिर्ता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश नम्बर–१ मा एक, पुनर्जागरण पार्टीका तर्फबाट वाग्मती प्रदेशमा पाँच र राष्ट्रिय माओवादी पार्टीका तर्फबाट वाग्मतीमा तीन जनाले नाम फिर्ता लिएका छन् ।
     
    सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एक जनाले नाम फिर्ता लिएका वाग्लेले जानकारी दिनुभयो ।
     
    नाम फिर्ता लिएका व्यक्तिका दललाई अब आयोगबाट जानकारी गराइने उहाँले बताउनुभयो । आयोगले उक्त बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा उनीहरूलाई आज मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।
     


    सोमवार, आश्विन १७ २०७९०६:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij