Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा थप एक साता निषेधाज्ञा

काठमाडौँमा थप एक साता निषेधाज्ञा

  • बुधवार, भाद्र १७ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौँमा थप एक साता निषेधाज्ञा

    काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

    यद्यपि, होटल, रेष्टुरेन्ट र फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनागरी सेवा दिन सक्ने बताइएको छ ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रजिअले भदौ ३ गतेदेखि एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि भदौ १० मा पुनः सात दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो ।


    बुधवार, भाद्र १७ २०७७०५:०५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij