Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले पूर्णिमाका दिन गर्दै आएको चियापान यस वर्ष नगर्ने

कांग्रेसले पूर्णिमाका दिन गर्दै आएको चियापान यस वर्ष नगर्ने

  • शुक्रवार, आश्विन २१ २०७९

  • 611
    SHARES

  • कांग्रेसले पूर्णिमाका दिन गर्दै आएको चियापान यस वर्ष नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष नहुने भएको छ । हरेक वर्ष गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यसपटक नगरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

    वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले उक्त कार्यक्रम नगरिने पौडेलले बताउनुभएको छ ।


    शुक्रवार, आश्विन २१ २०७९०३:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij