भीष्म लोध, बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा धेरै वडा नं–१० मा कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो वडामा हालसम्म ३७ जना कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
कोरोना संक्रमितमध्ये धेरै भएको दोस्रो नम्बरमा वडा नं –८ रहेको छ । आजसम्मको तथ्याङ्कसम्म तथ्याङ्कअनुसार ३१ जनामा कोरोनाकोे संक्रमण फेला परेको छ ।
त्यस्तै, बढी संक्रमित भेटिने तेस्रो नम्बरमा वडा नं –१ रहेको छ । तथ्याङ्कअनुसार यहाँका २७ जना व्यक्तिमा कोरोनाकोे संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडाहरुका ४५० जनामा कोरोना पुष्टि हुँदा यी तीन वटा वडाहरुमा सबैभन्दा बढि संक्रमण देखिएको हो ।
त्यसैगरी, संक्रमण बढी भेटिने वडाहरुको चौथो नम्बरमा भने वडा नं –११ रहेको छ । यो वडामा हालसम्म २३ जना संक्रमित फेला परेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै वडा नं–१८ मा २०, वडा न–२ मा १८, वडा न–४ मा १७, वडा नं–५, ६, ७ र २० मा ११÷११ जना संक्रमित देखा परेका हुन ।
साथै, वडा न ं–९, १५ र १६ मा ९÷९ जनामा संक्रमण देखिएको छ भने वडा नं –३ मा ७, वडा नं– १३, १९ र २२ मा ६÷६ जना तथा वडा नं –१४ मा ५, वडा नं –१७ मा ४ जनामा कोरोनाको संक्रमण फेला परेको छ ।
सबैभन्दा कम देखिनेमा वडा नं –२१ मा १ जनामा कोरोना पुष्टि भएको छ भने नेपालगञ्जको सबै वडामध्ये एकजना पनि संक्रमित नदेखिएको –२३ नम्बर वडा रहेको छ । यहाँका ३५ जना क्वारेन्टिनमा बसे पनि कसैमा कोरोना पुष्टि नभएको पाइएको छ ।
यस्तै, नेपालगञ्ज क्वारेन्टिनमा बसेकाहरुमा नेपालगञ्जबाहेकका ३२१ जनामध्ये १३३ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज क्वारेन्टिनमा हालसम्म २ हजार २ सय २८ जना बसेका छन् ।