Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रामेछापको चहरी खोलामा बस दुर्घटना

रामेछापको चहरी खोलामा बस दुर्घटना

  • आइतवार, आश्विन २३ २०७९

  • 320
    SHARES

  • रामेछापको चहरी खोलामा बस दुर्घटना

    रामेछाप । खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ।

    दुर्घटनामा १३ यात्रु घाइते भएका छन्। दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।

    यात्रु दशैंको टिका लगाएर फर्कँदै थिए। बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

    बसमा करिब ३० यात्रु सवार थिए। घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। 


    आइतवार, आश्विन २३ २०७९०२:०१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij