Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले निषेधाज्ञा थपिरहे भोक विद्रोह सुरु हुन्छ

सरकारले निषेधाज्ञा थपिरहे भोक विद्रोह सुरु हुन्छ

  • बुधवार, भाद्र १७ २०७७

  • 1.5K
    SHARES

  • सरकारले निषेधाज्ञा थपिरहे भोक विद्रोह सुरु हुन्छ

    काठमाडौँ – सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकै नेताहरुले कोरोना महामारीविरुद्ध सरकारले गरेका प्रयासहरु सार्थक नभएको टिप्पणी गरेका छन् । कोरोनाविरुद्ध सरकाकका सबै सफल र असफल प्रयासहरुको लेखाजोखा गरेर अब नयाँ रणनीति बनाउनुपर्ने माग सत्तारुढ पार्टीकै नेताहरुले उठाएका हुन् ।

    नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले कोरोना महामारी रोकथामका लागि सरकारका सफलता र असफलताका कारणहरु पत्ता लगाउनुपर्ने र त्यसकै आधारमा नयाँ रणनीति अपनाउनुपर्ने बताउनुभयो ।

    सरकारले कोरोनाविरुद्ध थालेको युद्धमा आफ्नो रणनीति नबदेल स्थितिमा सुधार नआउने उहाँको दाबी छ । नेता ज्ञवालीले भोलि बस्ने नेकपाको सचिवालय बैठकबाटै कोरोना रोकथामको नयाँ रणनीतिका लागि सरकारलाई दबाब दिन माग गर्नुभयो ।

    सरकारले कोरोना रोकथामका लागि सुरुमा लकडाउन र अहिले निषेधाज्ञाका नाममा नागरिकलाई घरभित्रै थुन्नुबाहेक अन्य उल्लेख्य काम गर्न नसकेपछि सत्ताधारी दलभित्र र बाहिरबाट पनि चर्काे आलोचना भइरहेको छ ।

    कोरोना नियन्त्रणका लागि निषेधाज्ञा मात्रै विकल्प नभएको भन्दै अर्थतन्त्र चलायमान बनाउन पनि आवाज उठ्न थालेको छ । विभिन्न जिल्लामा व्यापारिक संघ संगठनहरुले अब निषेधाज्ञा नमान्ने भन्दै विज्ञप्ति समेत जारी गरेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नागरिकहरु रोगले भन्दा धेरै भोकले मर्न थालेको भन्दै अब भोक विद्रोह हुन सक्ने चेतावनी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरुसँगै आम नागरिकहरु ठूलो समस्यामा परेको उहाँको भनाई छ ।

    आम नागरिकसँगै उद्योगी व्यापारीहरुले निषेधाज्ञा हटाएर वैज्ञानिक व्यवस्थापनसहित कोरोनाविरुद्ध लड्नुपर्ने सुझाव दिए पनि सरकार भने त्यसको पक्षमा छैन । बरु संक्रमित धेरै रहेका ठाउँमा निषेधाज्ञा गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले बताउनुभयो । उहाँले पाँच सय भन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न र दुई सय संक्रमित रहेका जिल्लामा लकडाउन गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।

    काठमाडौँ उपत्यकाका मेयरहरुले त झन कम्तीमा १५ दिन कर्फ्यू नै लगाउन सार्वजनिक अपिल गरेका छन् । तर लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउन थालेका छन् । रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित रहेको कुरालाई सरकारले ख्याल गर्नुपर्छ ।

     


    बुधवार, भाद्र १७ २०७७०७:४८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij