Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उम्मेदवारी दर्तासँगै रेखा थापाको यस्तो भनाइ

उम्मेदवारी दर्तासँगै रेखा थापाको यस्तो भनाइ

  • आइतवार, आश्विन २३ २०७९

  • 623
    SHARES

  • उम्मेदवारी दर्तासँगै रेखा थापाको यस्तो भनाइ

    काठमाडौैं । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मोरङ ३ बाट उम्मेदवारी दर्ता गर्नुभएको हो। आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गर्नुभयो। थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाउनुभएको छ ।

    उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् :

    मेरो राजनीतिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।

    अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजको लागि सम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सँधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिएका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट यूवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाजको, मोरङबासीको , आमाहरू अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्नेछु ।

    यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट बोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको बीचमा आफुलाई उभ्याउने छु ।

    यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ, त्यो चेतनशील विद्रोहमा मा सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्नेछु ।

    मोरङबासीको जित सुनिश्चित छ ।


    आइतवार, आश्विन २३ २०७९०२:३५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij