Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

नलिनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी
  • मंगलवार, आश्विन २५ २०७९

  • 611
    SHARES

  • बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन
    काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।  
     
    गठबन्धनबीच सिट बाँडफाँट भएअनुसार नै चुनाव लड्ने निर्णय गर्दै यस्तो निर्देशन दिइएको हो । मंगलबार(आज) प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उक्त निर्देशन दिइएको हो ।
     
    ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
     
    शीर्ष नेताले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी पनि दिएका छन् ।  विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरूले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला । असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निष्कासन गरिनेछ ।’
     
    PR_Gathabandhan1665486328.jpg


    मंगलवार, आश्विन २५ २०७९०५:०९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij