Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने

उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाटै निष्कासन गर्ने दलहरूको चेतावनी 
  • बुधवार, आश्विन २६ २०७९

  • 566
    SHARES

  • उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने
    काठमाडौं । निर्वाचन आयोगले आगामी आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन बुधबार(आज) दिउँसोसम्मको समय दिएको छ ।
     
    आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । 
     
    आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ । 
     
    अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । 
     
    यता राजनीतिक दलहरू भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् । 
     
    यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ ।
     
    Election-routine1665368023.jpg


    बुधवार, आश्विन २६ २०७९०६:४७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij