Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै

  • शुक्रवार, आश्विन २८ २०७९

  • 531
    SHARES

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै

    काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।

    अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।

    उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

    कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टिमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् ।

     


    शुक्रवार, आश्विन २८ २०७९०७:१०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij