Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जालको प्रयोग चुनावका लागि चुनौती भैरहेको छः प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जालको प्रयोग चुनावका लागि चुनौती भैरहेको छः प्रमुख निर्वाचन आयुक्त

  • शनिवार, आश्विन २९ २०७९

  • 519
    SHARES

  • सामाजिक सञ्जालको प्रयोग चुनावका लागि चुनौती भैरहेको छः प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताउनुभएको छ ।

    नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताउनुभयो ।

    दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको भएको भन्दै उहाँले यो काम पुर्वाग्रह रहित रुपमा गरिदिनु पर्ने बताउनुभयो ।

    उहाँले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताउनुभयो । सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने उहाँको भनाइ छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताउनुभएको छ ।

    अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले यो सुखद कुरा रहेको बताउनुभयो ।

    निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उहाँको भनाई छ।


    शनिवार, आश्विन २९ २०७९०१:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij