Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर

गठबन्धनका दलहरूबीच समन्वय संरचना बनाउन निर्देशन
  • आइतवार, आश्विन ३० २०७९

  • 762
    SHARES

  • माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर
    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार(आज) पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुवै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिनुभयो ।  
     
    दुवै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिनुभएको छ । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुवै पार्टीका प्रतिनिधित्व हुने गरी एकरूपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिनुभएको हो । 
     
    यसैगरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसअनुसार गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाश गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरूबीच छलफल गरी आवश्यकताअनुसारका अन्य समितिहरू गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरू सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय छ ।
     


    आइतवार, आश्विन ३० २०७९०२:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij