काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ८० पैसा र बिक्री दर १२८ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।