Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्रः माधव नेपाल

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्रः माधव नेपाल

  • मंगलवार, कार्तिक १ २०७९

  • 519
    SHARES

  • हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्रः माधव नेपाल

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाउनुभएको छ ।

    आज ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाउनुभयो।

    उहाँले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको गठबन्धन अपवित्र हो। हामीले गणतन्त्रवादीहरुको प्राकृतिक गठबन्धन बनाएका छौँ। यो संविधान र लोकतन्त्रको रक्षाका लागि हो।’


    मंगलवार, कार्तिक १ २०७९०२:३९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij