Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषद्मा अर्थमन्त्री खतिवडा आज अन्तिम पटक सहभागी हुँदै, राजीनामा र विदाइ पनि आजै

मन्त्रीपरिषद्मा अर्थमन्त्री खतिवडा आज अन्तिम पटक सहभागी हुँदै, राजीनामा र विदाइ पनि आजै

  • शुक्रवार, भाद्र १९ २०७७

  • 1.5K
    SHARES

  • मन्त्रीपरिषद्मा अर्थमन्त्री खतिवडा आज अन्तिम पटक सहभागी हुँदै, राजीनामा र विदाइ पनि आजै

    काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा आज मन्त्रीपरिषद् बैठकमा अन्तिम पटक सहभागी हुनुहुने भएको छ । विहान ११ बजेपछि बस्ने बैठकमा उहाँले अन्तिम पटक सहभागीता जनाएर आजै राजीनामा पनि दिनुहुने भएको छ ।

    संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति छ महिना मात्रै मन्त्री हुन पाउने र खतिवडाको सांसदको कार्यकाल गत छ महिना अगाडि नै सकिएकाले उहाँ आजदेखि मन्त्रीपरिषद्बाट बाहिरिनु पर्ने भएको हो ।

    आफ्ना लागि अन्तिम हुन लागेको आजको बैठकमा अर्थमन्त्री खतिवडाले मन्त्रालयका केही विवरणहरु जानकारी गराउने र राजीनामा गर्ने बताइएको छ ।

    बैठकले अतिवडाको पदावधि सकिएपछि खाली रहेको राष्ट्रियसभाको सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गर्ने भएको छ ।

    सरकारले गौतमलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको नेकपा सचिवालय बैठकमा जानकारी गराउनु भएको थियो ।

    मन्त्रीपरिषद्को बैठकपछि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा पुगेर बिदाइ भई आफैले सम्हालेको अर्को सञ्चार मन्त्रालयमा समेत पुगेर विदाई हुनुहुने भएको छ ।

    सरकारका प्रवक्ता समेत हुनुभएका खतिवडाले सञ्चार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विदा हुने कार्यक्रम बनाउनुभएको छ ।

     

     

     

     


    शुक्रवार, भाद्र १९ २०७७०९:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij