काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गर्नुभएको छ ।
बुधबार(आज) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच शिष्टाचार बिदाइ भेट भएको हो ।
भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताउनुभयो ।