Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बझाङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

  • बुधवार, कार्तिक २ २०७९

  • 697
    SHARES

  • बझाङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

    काठमाडौं । बझाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मष्टा गाउँपालिका–४ चिउरीमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ।

    भण्डारीका अनुसार दुर्घटनामा परेको जीप टुक्रा–टुक्रा भएको छ। ‘जीप सडकबाट खसेर तल चट्टानमा बजारिएर टुक्रा टुक्रा भएको छ। जसकारण हामीले जीपको नम्बर समेत पहिचान गर्न सकेका छैनौं,’ डीएसपी भण्डारीले भन्नुभयो।

    जीपमा कम्तीमा १२ जना सवार रहेका बुझिएको छ।


    बुधवार, कार्तिक २ २०७९०५:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij