Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देउवा भन्छन्ः गठबन्धन १०–२० वर्ष जानसक्छ

देउवा भन्छन्ः गठबन्धन १०–२० वर्ष जानसक्छ

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 583
    SHARES

  • देउवा भन्छन्ः गठबन्धन १०–२० वर्ष जानसक्छ

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताउनुभएको छ ।

    सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताउनुभयो ।

    ‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भन्नुभयो, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’

    टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिनुभयो ।

    सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गर्नुभयो ।


    शुक्रवार, कार्तिक ४ २०७९०५:००:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij