Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

  • शनिवार, कार्तिक ५ २०७९

  • 598
    SHARES

  • निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।

    निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।

    आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।

     


    शनिवार, कार्तिक ५ २०७९०६:४७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij