Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

  • आइतवार, कार्तिक ६ २०७९

  • 414
    SHARES

  • ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार(आज) ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । आगामी कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । 
     
    बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने र ३६४ दिनेगरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्टाएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टाएको छ । 
     
    यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।


    आइतवार, कार्तिक ६ २०७९०२:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij