Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने

कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने

  • आइतवार, कार्तिक ६ २०७९

  • 592
    SHARES

  • कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने
    काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार(भोलि) सार्वजनिक गर्ने भएको छ ।
     
    यसअघि आज नै सार्वजनिक गर्ने तयारी गरे पनि भोलि बिहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सह महामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
     
    आज सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन जानुभएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम भोलिलाई सारिएको हो ।
     
    कांग्रेसले आज साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि भोलिका लागि सारिएको हो ।


    आइतवार, कार्तिक ६ २०७९०५:१३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij