Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’

  • सोमवार, कार्तिक ७ २०७९

  • 521
    SHARES

  • नेपालमा पनि भेटियो कोरोनाको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’
    काठमाडौं । नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको छनौट गरी केही नमुनाहरूको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो।
     
    सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रूप फेरिरहेको यो भेरियन्ट गत वर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।
     
    स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न  देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको जनाएको छ ।
     
    दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण  पालना गर्न आग्रह गरेको छ ।
     
    health mantralaya notic.jpg


    सोमवार, कार्तिक ७ २०७९०६:१७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij