काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन्