Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिहारमा लक्षित सुरक्षा व्यवस्थामा प्रहरीको कडाइ, विस्फोटक पदार्थको बिक्रिवितरण र ओसारपसारमा भने आएन कमि (खास खबर)

तिहारमा लक्षित सुरक्षा व्यवस्थामा प्रहरीको कडाइ, विस्फोटक पदार्थको बिक्रिवितरण र ओसारपसारमा भने आएन कमि (खास खबर)

  • मंगलवार, कार्तिक ८ २०७९

  • 610
    SHARES

  • तिहारमा लक्षित सुरक्षा व्यवस्थामा प्रहरीको कडाइ, विस्फोटक पदार्थको बिक्रिवितरण र ओसारपसारमा भने आएन कमि (खास खबर)

    काठमाडौं । नेपाल प्रहरीले तिहार, छठलगायतका पर्वहरुलाई मध्येनजर गरी कडा सुरक्षा व्यवस्था लागू गरेको छ । तिहारको समयमा खेलिने देउसी भैलो, विस्पोटक पदार्थको बिक्रिवितरण र ओसारपसारमा प्रहरीले निगरानी बढाएको छ । देउसी भैलोलाई राति करिब ९ बजेभन्दा पछि नखेल्न आग्रह गरिएको छ भने विस्फोटकजन्य पदार्थहरु पड्काउन र बिक्रिवितरण नगर्न भनेको छ । तिहारको समयमा हुन आगलागीको भयलाई पनि कम गर्न चनाखो हुनुपर्ने प्रहरीको भनाइ छ । शहर र गाउँका मुख्य चोक र मानिसहरुको बढी चहलपहल हुने स्थानमा सादा पोशाकका प्रहरीलाई खटाइएको छ । तिहारको समयमा हुने अवाञ्छित क्रियाकलाप रोक्न समेत प्रहरी सक्रिय बनेको छ । जुवा, तास, कौडा खेल्ने र खेलाउने दुवैलाई कसुर बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । तिहारलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयको १९ बुँदे र गृह मन्त्रालयको १३ बुँदे निर्देशनलाई एकीकृत गरेर प्रदेश, जिल्लामा पठाइसकिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताउनुभयो । उहाँले दशैँका बेला भएको त्रुटि र घटनालाई समेटेर प्रहरीले थप सक्रियताका साथ काम गरिरहेको पनि दाबी गर्नुभयो ।

    तिहारमा भित्रिने विस्फोटक पदार्थ र जुवातासबारे प्रहरी संवेदनशील रहेको प्रवक्ता राईको भनाइ छ । विस्फोटक पदार्थलाई खाद्यान्नको बोरा वा अन्य समयमा भित्र्याउने गरिएकोले यसबाट कसैलाई असर परेमा क्रेता र बिक्रेता दुवैलाई कारबाही हुने उहाँको भनाइ छ ।

    संस्कृतिविद् प्रेम खत्रीका अनुसार महाभारतमा जुवाको खेल विकृत भएपनि यसलाई मनोरञ्जनका रुपमा लिन सके आनन्ददायक पनि रहन्छ । तर, पछिल्लो समय नेपालमा जुवाले विकृति फैलाइरहेको छ।

    नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन सबैलाई छुट छ तर, यसभित्र रहेका विकृतिका कारण कसैलाई असर पर्नु राम्रो होइन । प्रहरीले पटका पड्काउन पाइदैन भनिरहँदा छिमेकीलाई समेत असर पर्नेगरी काठमाडौंमा ठूलाठूला आवाजमा पटकमा पड्किरहेका छन् । यो बीचमा हुने जुवा, तासको खेलमा धेरैलाई नोक्सानी हुने गर्दछ यसमा प्रहरी समेत चनाखो हुन जरुरी छ ।

     


    मंगलवार, कार्तिक ८ २०७९०६:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij