Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

साफ यू–१५ः नेपाली टोली आज बंगलादेश जाँदै

साफ यू–१५ः नेपाली टोली आज बंगलादेश जाँदै

  • शनिवार, कार्तिक १२ २०७९

  • 525
    SHARES

  • साफ यू–१५ः नेपाली टोली आज बंगलादेश जाँदै

    काठमाडौं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज (शनिबार) बंगलादेश जाँदैछ।

    बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

    बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

    नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छन् ।


    शनिवार, कार्तिक १२ २०७९०८:१७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij