Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • आइतवार, कार्तिक १३ २०७९

  • 465
    SHARES

  • मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु
    काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
     
    पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
     
    पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन लिने तयारी भइरहेको छ । बस सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    आइतवार, कार्तिक १३ २०७९०७:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij