काठमाडौं । मधेस प्रदेशमा सोमबार(आज) पनि सार्वजनिक बिदा दिइएको छ ।
संघ सरकारले छठ पर्वका अवसरमा हिजो देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा कात्तिक १४ गते सोमबार आज पनि सार्वजनिक बिदा रहेको जानकारी दिनुभयो।