Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

  • सोमवार, कार्तिक १४ २०७९

  • 689
    SHARES

  • सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

    काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

    लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ ।

    प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो।

    त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

     


    सोमवार, कार्तिक १४ २०७९०२:०१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij