Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाको खोप अर्को बर्ष मात्रै आउँछ : डब्लुएचओ

कोरोनाको खोप अर्को बर्ष मात्रै आउँछ : डब्लुएचओ

  • शनिवार, भाद्र २० २०७७

  • 924
    SHARES

  • कोरोनाको खोप अर्को बर्ष मात्रै आउँछ : डब्लुएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको खोप निस्केको खण्डमा पनि त्यो आगामि वर्ष (सन् २०२१)को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ ।

    डब्लुएचओका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

    संंगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको बताइएको छ ।

    ‘सन् २०२१ सम्ममा खोप बजारमा आउने सम्भावना छ । र, त्यसपछि विश्वका विभिन्न देशमा त्यो पुग्नसक्ने देखिएको छ । त्यसपछि विभिन्न देशका मानिसलाई खोप लगाउन सकिने छ’, उनले भने ।


    शनिवार, भाद्र २० २०७७०५:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij