Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त अमेरिकी राजदूत र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नवनियुक्त अमेरिकी राजदूत र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  • मंगलवार, कार्तिक १५ २०७९

  • 479
    SHARES

  • नवनियुक्त अमेरिकी राजदूत र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
    काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको जनाइएको छ । 
     
    भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो । ‘नेपाल र अमेरिकाबीच वर्षौंदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ अमेरिकी राजदूतलाई प्रचण्डको भनाइ थियो । 
     
    आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै प्रचण्डले यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताउनुभयो ।
     
    राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । राजदूत थम्पसनले ७५ वर्षदेखिको नेपाल–अमेरिकी सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।
     


    मंगलवार, कार्तिक १५ २०७९१०:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij