Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कालिकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु, आयोगले खटायो टोली

कालिकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु, आयोगले खटायो टोली

  • मंगलवार, कार्तिक १५ २०७९

  • 517
    SHARES

  • कालिकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु, आयोगले खटायो टोली

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका–१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ । कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

    आयोगले मंगलबार (आज) एक विज्ञप्ति जारी गरी घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जानकारी दिएको छ ।

    प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

    त्यस्तै घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न पनि आयोगले आग्रह गरेको छ ।

    विज्ञप्तिः

    NHRC-Nepal-Press-Note.jpg

     


    मंगलवार, कार्तिक १५ २०७९०७:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij