Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

  • बुधवार, कार्तिक १६ २०७९

  • 645
    SHARES

  • योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोध्ने काम निर्वाचन आयोगले जारी राखेको छ।

    यसैबीच, आयोगले बुधबार (आज) निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ।

    उनीहरूले २५ जनाभन्दा बढी साथमा लिएर घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधिएको आयोगले जनाएको छ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ९ख०मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड ९ण० मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने” व्यवस्था छ ।

    एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।

    यस्तै, माओवादी केन्द्रकी मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिताविपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेको थियो ।

    “निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ? ” स्पष्टीकरणमा भनिएको छ।


    बुधवार, कार्तिक १६ २०७९०१:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij