Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

राजनीतिक दल तथा उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

राजनीतिक दल तथा उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

निर्वाचन आउन अब १७ दिन बाँकी 
  • बिहिवार, कार्तिक १७ २०७९

  • 544
    SHARES

  • राजनीतिक दल तथा उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने
    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभाको निर्वाचनका लागि बिहीवार(आज)देखि निर्वाचन प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न सकिने जनाएको हो । निर्वाचनका लागि अब १७ दिन बाँकी छ ।
     
    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । 
     
    उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने आयोगको भनाइ छ । 
     
    जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको  र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।
     
    आयोगले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । 
     
    आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने पनि आयोगले स्पष्ट गरेको छ । 
     


    बिहिवार, कार्तिक १७ २०७९०६:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij