Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यो वर्ष स्कुल कलेज खुल्दैनन्ः शिक्षामन्त्री

यो वर्ष स्कुल कलेज खुल्दैनन्ः शिक्षामन्त्री

  • शनिवार, भाद्र २० २०७७

  • 11.8K
    SHARES

  • यो वर्ष स्कुल कलेज खुल्दैनन्ः शिक्षामन्त्री

    काठमाडौँ – कोरोना महामारीका कारण शैक्षिक सत्र खेर गएको पाँच महिनापछि अन्ततः सरकारले वैैकल्पिक प्रणालीबाटै शैक्षिक सत्र अघि बढाउने निर्णय गरेको छ। यसको अर्थ अब यो शैक्षिक सत्रमा विद्यालय र कलेजहरु खुला भएर प्रत्यक्ष पठन पाठन हुने सम्भावना छैन।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण अब यस वर्ष विद्यालय तथा कलेजहरु सञ्चालन गर्न सकिने अवस्था नरहेकोले वैकल्पिक कक्षालाई नै शैक्षिक सत्रमा गणना गर्ने बताउनुभयो।

    कोरोना संक्रमण झन् झन् बढ्न थालेपछि विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक विधिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने निर्णयमा सरकार पुगेको मन्त्री पोखरेलले बताउनुभयो।

    कोरोना संक्रमणका कारण देशभरीका शैक्षिक संस्था बन्द गरिएपछि झण्डै ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्। तर अब वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र अनलाइन कक्षा गरी चार वटा विधिमा पठनपाठन गरिने र त्यसैलाई शैक्षिकसत्रमा गणना गरिने मन्त्री पोखरलेले बताउनुभयो।

    उहाँले कोरोना भाइरसको संक्रमणका कारण कुनै एक जना विद्यार्थीको पनि शैक्षिकसत्र खेर जान नदिने प्रयासमा सरकार जुटेको दाबी गर्नुभयो। तर कोरोना महामारीको यो बेला विद्यालय खोल्न सकिने अवस्था नरहेको अन्तराष्ट्रिय अभ्यासले पनि सन्देश दिएको उहाँको भनाई छ।

    कतिपयले नेपाल जस्तो मुलुुकका लागि सरकारले अघि सारेका वैकप्लिक सिकाई प्रणालीका यी विकल्पहरु प्रभावकारी हुन नसक्ने बताइरहेका छन्। तर शिक्षाविद् विद्यानाथ कोइरालाले भने सरकारको घैँटोमा ढिलो गरी घाम लागेको टिप्पणी गर्नुभयो।

    वैकल्पिक सिकाई पद्धतिलाई प्रभावकारी बनाएर अघि बढ्नुको विकल्प अरु नरहेको उहाँको भनाई छ। आफूहरुले गत बैशाखदेखि नै वैकल्पिक सिकाई प्रणालीमा जानुपर्ने बताए पनि सरकारले ढिलो गरी त्यसको पालनामा कदम चालेको उहाँले बताउनुभयो।

    विश्वका कतिपय मुलुकमा कोरोना महामारी भन्दा अघि नै विद्यालय नगएर पठन पाठन गर्ने संस्कृतिको विकास भइसकेको थियो । कोरोना महामारीपछि भने विद्यालय जान नपर्ने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने पद्धतिलाई धेरै मुलुकले अबलम्न गरिसकेका छन्। तर नेपालको परिवेशमा त्यो सम्भव हुन नसक्ने तर्क गर्नेहरुको कमि छैन।

    गाउँ र शहरको विविधता भएको नेपालमा इन्टरनेट लगायतका आधुनिक प्रविधिको सर्वसुलभता नभएका कारण पनि अनलाइन शिक्षा लगायतका पद्धतिको विरोध भइरहेको हो। तर शिक्षाविद कोइराला वैकल्पिक सिकाईको विकल्प नै नभएपछि यसको प्रयोग अनिवार्य बाध्यता बनेको र बरु यसलाई कसरी प्रभावकारी बनाउने भन्नेतर्फ सोच्न आवश्यक रहेको बताउनुहुन्छ।

    कोरोना महामारीको चपेटामा परेको नेपालमा पनि वैकल्पिक प्रणालीबाटै शैक्षिक सत्र अघि बढाउनुको विकल्प नरहेको कुरा नर्कान सकिँदैन। तर पछिल्लो पटक विकसित हुँदै गएको अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाई पद्धतिलाई सर्भसुलभ र सर्वव्यापी बनाउन सरकारले ध्यान दिनुपर्छ।


    शनिवार, भाद्र २० २०७७०७:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij