Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेले दार्चुलाबाट चुनावी सभा  सुरु गर्दै, ओलीले ४० जिल्लामा सम्बोधन गर्ने  कार्यतालिका

एमालेले दार्चुलाबाट चुनावी सभा  सुरु गर्दै, ओलीले ४० जिल्लामा सम्बोधन गर्ने  कार्यतालिका

  • बिहिवार, कार्तिक १७ २०७९

  • 1.0K
    SHARES

  • एमालेले दार्चुलाबाट चुनावी सभा  सुरु गर्दै, ओलीले ४० जिल्लामा सम्बोधन गर्ने  कार्यतालिका
    काठमाडौँ  । नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष शुक्रबार नै दार्चुला जाँदै हुनुहुन्छ। 
     
    उहाँले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसक्नुभएको छ ।
     
    सुदूरपश्चिम पछि ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने छ। त्यसपछि लुम्बिनी पुग्नुहुने छ। उहाँ कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ।
     
    एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ।


    बिहिवार, कार्तिक १७ २०७९०८:४८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij