काठमाडौ . आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आजदेखी प्रचार गर्न अनुमती पाएका छन् ।
निर्वाचन आयोगले आज देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ। खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ।
सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ भने विपक्षी गठबन्धनले पनि आ आफ्नो तयारी अनुसार कार्यक्रम तय गरेका छन् ।